मेरो च्वाइस

सोना बज्राचार्य, मोडल
मिस ग्ल्यामरस आइकन २०१६ उपविजेता
केमा व्यस्त हुनुहुन्छ?
फेसन शोहरुमा व्यस्त छु ।
खेलकुद सम्बन्धि फेसन शोमा पनि काम गर्नुभयो हैन?
हो, बिश्वकप सम्बन्धि फेसन शोमा काम गरें, खेलाडी जर्सीमा फुटबल हातमा लिएर फोटोसुट पनि गरें ।
देशविदेश कत्तिको घुम्नुभएको छ?
युरोपका केही देश घुमेको छु, सिंगापुर, थाइल्याण्ड लगायत देश घुमेकी छु ।
नेपालगन्जका बारेमा सुन्नुभएको छ ?
नेपालकै पुरानो तथा प्रमुख शहर हो भन्ने सुनेकी छु । जहाँ धार्मिक, साम्प्रदायिक, जातिय र सांस्कृतिक विविधता छ । बिभिन्न जातजाति र धर्मावलम्बीका मानिसहरु मिलेर बसेका छन् । एउटा नमुना शहर हो ।
नेपालगन्जबारे थप के सुन्नुभएको छ ?
नेपालगन्जको ‘चाट’ सारै मिठो छ भन्ने सुनेकी छु । त्यहाँको ‘राबडी’ निकै चर्चित छ । सिमावर्ती शहर हो । भारत जस्तो विकसित देशको सिमानासँग जोडिएको शहर भएकाले नेपाल र भारतबीच आउजाउमा सघाउ पुग्ने हुँदा स्थानीयले पर्याप्त लाभ लिन सक्ने सम्भावना छ नि ।
नेपालगन्ज घुम्न जाने कुनै योजना छ?
एकदम इच्छा छ । नेपालगन्ज भन्नेबित्तिकै कताकता नेपाल सुनिने भएर पनि त्यो शहर घुमौं घुमौं लागेको छ । पछिल्लो समय त फिल्म फेस्टिभल भइरहेको छ । हेरौं, फिल्म फेस्टिभलका बेला घुम्न अनुकुल मिल्छ कि ।
शहर समृद्ध बन्ने आधार के के हुन् ?
खेलकुद, सिनेमा, फेसनको विकासले नै शहर समृद्ध हुने हो, नेपालगन्ज समृद्धिको बाटोमा अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close