‘पार्टी विभाजन रोक्न केन्द्रीय कमिटी बैठक जरूरी ‘- ठाकुर गैरे

 

सेलिब्रिटी खबर/
काठमाडौं, साउन १५

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी विभाजनलाई रोक्न केन्द्रीय कमिटी बैठकको माग गरिएको बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य गैरेले दुई अध्यक्ष, सचिवालय र स्थायी कमिटीको छलफलले निष्कर्ष दिन नसकेकाले केन्द्रीय कमिटी बैठक जरूरी रहेको बताए।

ुदेशभरका आम जनताको चिन्ताको प्रतिनिधित्व गर्दै बैठक माग गरिएको हो। पार्टी विभाजनबाट रोक्नका लागि यो बैठक माग गरिएको हो,ु उनले भने, ुमहाधिवेशनको आयोजना गरेर समस्या समाधान गरी अगाडि बढ्न केन्द्रीय कमिटी बैठक नै उपयुक्त हुन्छ। यो हाम्रो निष्कर्ष हो।ु

पार्टी विभाजनका सन्देश प्रभावित भएको भन्दै उनले त्यसलाई रोक्न केन्द्रीय कमिटी बैठक जरूरी रहेको बताए।

नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले बैठक माग गरी साउन १४ गते दुई अध्यक्षलाई पत्र पठाएका छन्।

पार्टीको विधान अनुसार एक चौथाइ केन्द्रीय सदस्यले हस्ताक्षरसहित केन्द्रीय कमिटी बैठक माग गरे १ महिनाभित्र बैठक बोलाउनु पर्छ।

यसै विषयमा केन्द्रित रहेर हामीले नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेसँग कुराकानी गरेका छौं।

यो कुराकानीका मुख्य बुँदा यसप्रकार छन्स्

( नेपाल कम्युनिष्ट पार्टी निर्माण गरिरहँदा यसले जुन तहको छलफल हुनुपर्ने थियो, त्यो हुन सकेन। सिद्धान्त, विचार र पार्टी सञ्चालनको क्षेत्रमा जुन ढंगको एकता हुनुपर्ने थियो, त्यो हुन सकेन।

( २० महिनासम्म केन्द्रीय कमिटी बैठक बस्न सकेन। केन्द्रीय कमिटी बैठकमा धेरै महत्वपूर्ण छलफल भएर उत्साहका साथ बैठक सम्पन्न भएको थियो। तर केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन हुन सकेन।

(सरकार सञ्चालन र पार्टी कामसँगै अगाडि बढ्न नसक्दा थप समस्या उत्पन्न भएको छ। अध्यादेश र अरू घटना थपिँदै गए। २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरे तर बैठक हुन सकेन। समस्याहरू एकपछि अर्को थपिँदै यहाँसम्म आइपुगेको छ।

( लामो समयसम्म दुई अध्यक्ष, बरिष्ठ नेताहरू र स्थायी समितिमा छलफल हुँदा पनि निष्कर्ष निस्किन सकेको छैन। पार्टीमा अर्को महाधिवेशन नहुँदा सम्मको सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटी हो।

( पार्टीमा के कारणले विवाद उत्पन्न भएको छ र समाधान निस्किन सकेको छैन। यसको पक्ष र विपक्षका तर्क वा सबै कुरा केन्द्रीय कमिटीमा आऊन् र त्यहीँ छलफल गरौं।

(यो विषम परिस्थिति हो। २५ जनाभन्दा बढीको भेला गर्न नहुने भन्ने अवगतै छ। यो बैठकलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने विधि बनाउन सकिन्छ।

(हामीले भनेको लक्ष्य वैज्ञानिक समाजवाद के होरु नेपाली मोडलको समाजवादको व्याख्या गर्न बाँकी छ। जनताको जनवादको कार्यक्रमको व्याख्या गर्न बाँकी छ। कसैले २१ औं शताब्दीको जनवादको व्याख्या भनेका छन्, कसैले जनताको बहुदलीय जनवादको व्याख्या गरेका छन्।

( यति ठूलो पार्टीको कार्यकर्ताको व्यवस्थापन कसरी गर्छौं त्यो कुरा महत्वपूर्ण हो।

(आजको विवाद झट्ट हेर्दा पदीय लेनदेन, पदीय व्यवस्थापन भनिएको छ, यथार्थमा त्यस्तो छैन। पदको झगडा गरेर पार्टी विभाजन गर्न पाइन्छ भन्ने पनि आवाज उठेका छन्। यो पदीय झगडा होइन। मुख्य कुरा विचार र विधि नै नमिलेको हो। यो पदीय झगडा बनेर देखिएको छ, यो दुर्भाग्यपूर्ण छ।

( हिजो स्थायी कमिटीको बैठक बस्दा पार्टी फुट्छ भन्ने चर्चा थियो। स्थायी कमिटीको बैठक नबस्दै फुट्छ भन्ने चर्चा पनि थियो। स्थायी कमिटीमै नेताहरू अनुपस्थित हुने सम्मको परिस्थिति छ। यो परिस्थिति आजको जनचाहना होइन। पार्टी विभाजन जनचाहना होइन। पार्टीको स्थायी कमिटी बैठक पटक(पटक स्थगित हुने गर्दा हामीलाई चिन्तित बनाएको छ।
सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close