कीर्तिमानी च्वाइस

दीपक बिष्ट, कीर्तिमानी तेक्वान्दो खेलाडी
नेपालगन्ज कस्तो लाग्छ?
यो त हाम्रो सपनाको शहर हो । मध्य र सुदुरपश्चिमको केन्द्र भएका कारण पनि मेरा लागि नेपालगन्ज सधैं आकर्षित गर्ने शहरका रुपमा रह्यो ।
नेपालगन्ज कतिपटक घुम्नुभएको छ?
दर्जनौं पटक घुमियो । हाल काठमाडौंमा बसोबास गरिरहँदा जन्मथलो कैलालीपछि जाउँ जाउँ लाग्ने शहर नेपालगन्ज नै हो ।
नेपालगन्जका बारे के जानकारी छ यहाँलाई ?
यो खेलाडीको शहर हो । बहुजातीय, बहुधार्मिक र बहुसाम्प्रदायको बसोबास रहेको बहुसांस्कृतिक शहर हो । जुन नेपालकै नमुना शहरमा मानिन्छ । साथै मध्य तथा सुदुरपश्चिमका पर्यटकीय स्थल जाने प्रवेशद्धार पनि हो ।
देश संघीयतामा गइसकेपछि नेपालगन्जका बारे के सुन्नुभएको छ?
संघीयतामा प्रवेश गरिसकेपछि पनि नेपालगन्जको आकर्षण घट्ने देख्दिन । यो त औद्योगिक शहर हो । ठुला होटलहरु निर्माण भएका छन् । यत्रो लगानी भइसकेको नेपालगन्जले आफ्नो आकर्षण बढाउँदै लैजाने सुनिश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close