भलिबल सुन्दरीको च्वाइस


मञ्जु गुरुङ, बैंकर, पोखरा
पूर्व उपकप्तान, नेपाली राष्ट्रिय भलिबल टिम
केमा व्यस्त हुनुहुन्छ?
बैंकको जागिरे हुँ । भलिबल खेलाडी मेरो खास परिचय हो कि ।
नेपालगन्ज घुम्नुभएको छ?
करिब आधा दर्जन पटक नेपालगन्ज आइसकेकी छु, यहाँको बजार घुमेकी छु । बागेश्वरी मन्दिर दर्शन गरेकी छु ।
यतिधेरै पटक के प्रसंगमा आउनुभयो नेपालगन्ज?
नेपाली खेलकुदकै प्रतिष्ठित प्रधानमन्त्री कप महिला भलिबल खेल्न आएकी हुँ । पहिलोपटक २०७० सालमा आएकी थिएँ, गत बर्ष पनि आएँ । यो बीचमा नेपालगन्ज परिवर्तनको दिशामा अघि बढेको पाएँ । यहाँको भौतिक पुर्वाधार तथा विकास निर्माणको कामले गति लिएको देख्दा खुशी लाग्यो ।
कस्तो लाग्छ नेपालगन्ज ?
मलाई नेपालका केही मनपर्ने ठाउँ मध्ये नेपालगन्ज पनि एक हो । यहाँको खेल संस्कार, खेलाडीलाई माया गर्ने मान्छे मलाई मन परेको पक्ष हो । भलिबलकै बहानामा बर्षेनी नेपालगन्ज हेर्न पाइएको छ । खुशी लाग्छ ।
नेपालगन्ज आउँदा सम्झिने अरु कुरा के के हुन्?
यहाँको चाट, पानीपुरी र राबडी । अनि बागेश्वरी माताको दर्शन । सिमावर्ती शहर भएका कारण एकपटक रुपैडिहासम्म घुम्न पाइने भएकाले यो पनि बिर्सन नसकिने कुरा हो भन्ने लाग्छ ।
देशविदेश कत्तिको घुम्नुभएको छ?
हङकङ, कोरियालगायत दक्षिण एशियाली राष्ट्रहरु घुमेकी छु ।
शहर समृद्ध बन्ने आधार के के हुन् ?
भौतिक पुर्वाधार निर्माणसँगै त्यस शहरमा हुने खेलकुद, सिनेमा लगायत अतिरिक्त गतिविधिले समृद्धि झल्काउँछ । नेपालगन्जमा त उत्सवहरु भइरहेको छ । यो समृद्धिको बाटोमा जाँदै गरेको संकेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close