साम्राज्ञीले मनिषसँग पर्दा शेयर गर्दै

सेलिब्रिटी खबर/
काठमाडौं ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । बिहिवार सम्झौतापत्रमा साइन गरेसँगै अभिनेत्री शाहले चलचित्र ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग पर्दा शेयर गर्नेछिन् । यो चलचित्रमा साम्राज्ञीसँगै अर्की अभिनेत्री आना शर्मालाई पनि अनुवन्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार संझौता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन ।
सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्नेछन् । चलचित्रको लागी ‘प्रेमगीत ३’मा प्रवेश गरे सँगै चर्चामा आएका मनिषले केही पहिल्यै सम्झौता गरेका थिए । युवा मनोविज्ञानमा आधारित रहने चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close