सिंगो बलिउडले ड्रग्स लिन्छ : कंगना

सेलिब्रिटी खबर/

बलिउड अभिनेत्री कंगना रनावतले बलिउडका ९९ प्रतिशत मानिसहरुले ड्रग्स लिने गरेको बताएकी छिन् । उनले भनेकी छिन्–‘म आग्रह गर्न चाहन्छु कि, रणवीर कपुर, रणवीर सिंह, अयान मुखर्जी, विक्की कौशल जस्ता कलाकारले ड्रग्स टेष्ट गर्नका लागि आफ्नो ब्लड दिउन् ।’ बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि विभिन्न बिषयहरु अगाडि आइरहेका छन् । अभिनेत्री रिया चक्रवर्तीको नाम ड्रग्ससँग जोडिएपछि अहिले यसले सर्वाधिक चर्चा पाइरहेको छ ।
कंगनाले अगाडि लेखिन्–‘बजारमा यी कलाकारले कोकिनको नशा लिने गरेको हल्ला छ । म चाहन्छु कि, यस्तो हल्लाको उनीहरुले भण्डाफोर गर्न आवश्यक छ । यदि, उनीहरुको ब्लडमा ड्रग्स भेटिएन भने लाखौं यूवाका लागि यो प्रेरणा हुनसक्छ ।’ उनले प्रधानमन्त्री कार्यालयलाई पनि ट्वीट ट्याग गरेकी छिन् ।
कंगनाको यो ट्विटमा रणवीर, अयान, विक्कीले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । तर, कंगनाले सुशान्तको निधनपछि अधिकांश बलिउडकर्मीलाई आफ्नो निशाना बनाइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close