मेस्सी बार्सिलोनामै रहने

 

सेलिब्रिटी खबर/
काठमाडौं ।
बार्सिलोनाका कप्तान लियोनन मेस्सीले अन्ततस् आफू सिजनको अन्त्यसम्म बार्सिलोनामै रहने घोषणा गरेका छन् ।
प्रतिष्ठित संचारमाध्यम गोल डट कमसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले आफूसँग अदालत जाने विकल्प बाँकी रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् ।
विगत दुई दशकयता बार्सिलोनामा रहेका ३३ वर्षीय मेस्सीले निर्णय लिँदै दिएको अभिव्यक्ति यसप्रकार छ :
जब मैले बार्सिलोना छोड्ने विषयमा मेरो पत्नी र छोरालाई भने, मैले सोच्दै नसोधेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।
मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जरुरि छ ।
‘हामी कमसेकम प्रतिस्पर्धामा उत्रनु जरुरि छ । हामी रोम, लिभरपुल र लिस्बनमा जस्तो तित्तर बित्तर हुनु हुँदैन । यो सबले पनि मलाई सोच्न बाध्य बनायो र निकै कठिन निर्णय लिन पुगें ।
मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए ।
अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडी दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र । कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो ।
म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनैपनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ ।
मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबलाई म प्रेम गर्छु र यहाँ मैले जिन्दगिको सबैथोक पाएको छु । यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।
बार्सिलोनाले मलाई सबैथोक दिएको छ र मैले पनि क्लबलाई सबैथोक दिएको छु । मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन ।
मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जिन्दगि सुरुवात गर्नेभन्ने बुझ्न सकेको छैन । थियागो अलि ठूलो भएकाले केहि बुझ्छ । उसले टिभीमा केहि सुनेपछि मलाई प्रश्न गरेको थियो ।
मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन । उसले तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो । त्यो समय निकै नै कठिन थियो । म उसको अवस्था बुझ्छु, मलाई पनि कुनै समय त्यस्तै भएको थियो । यस्तो बेला निर्णय लिन कठिन हुन्छ ।
म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केहि नयाँ चुनौती र अवसरको खिजिमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।
मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन् । मैले क्लब छोड्न चाहनुमा केहि गल्ति थिएँ । यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो । मेरो पत्नीले यो अवस्था आउँदा जति दुख लागेपनि हरदम मेरो साथ रहिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close