साहरुखले पढेका ५० मध्ये चार स्क्रिप्ट फाइनल

सेलिब्रिटी खबर/
काठमाडौं ।
भारतीय मिडियामा बलिउड सुपरस्टार साहरुख खानको नयाँ फिल्मको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ फिल्मको बारेमा कुनै घोषणा गरेका छैनन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन ।
करिब २ बर्षमा ५५ बर्षीय अभिनेता साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ५० भन्दा बढी स्क्रिप्ट पुगेतापनि कुनै स्क्रिप्टले साहरुखको मन तान्न सकेनन् ।
यसमध्ये साहरुखलाई २० वटा चलचित्रको स्क्रिप्ट मन परेको थियो । जसमध्ये उनले ४ वटा स्क्रिप्टलाई भने फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।
फिल्म ‘दिवाना’ डेब्यु अभिनेता साहरुखले सिद्धार्थ आनन्दको ‘पठान’, राजकुमार हिरानीको कमेडी फिल्म, एट्लीको एक्सन फिल्म र राज एन्ड डीकेको एक्सन फिल्मलाई फाइनल गरेको भारतीय मिडियाको भनाइ छ । भारतीय मिडियाका अनुसार, सेप्टेम्बर २७ मा यश चोपडाको जन्मदिन छ । यो दिन चलचित्र ‘पठान’को घोषणा हुनेछ ।
तर, यी चार फिल्मको बिषयमा पनि साहरुखले केही बताएका छैनन् । नायक खानले राकेश शर्माको बायोपिक फिल्म ‘स्यालुट’मा काम गर्ने पक्का भएको थियो । तर, फिल्म ‘जिरो’ असफल भएपछि उनले यो छाडेका थिए । यसपछि, निर्देशक संजयलिला भन्सालीले साहरुखलाई एक बायोपिकका लागि अफर गरेका थिए । तर, साहरुखले यो कथामा पनि जोखिम देखेर काम गरेनन् ।
यस्तै, अली अब्बास जफरले साहरुखलाई ‘मिस्टर इन्डिया’का लागि अफर गरेका थिए । साहरुखले यसलाई पनि अस्विकार गरे । साहरुखसँग कविर खान, आदित्य चोपडा, करण जोहरले पनि कुरा गरेका थिए । तर, साहरुखले कुनै फिल्ममा मन बनाएनन् ।
साहरुख यतिबेला कुनै पनि किसिमको जोखिम मोल्ने सोचमा छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close