सिनेमा हल अक्टुबर १५ देखि खुल्ने, नेपालमा अनिश्चित

सेलिब्रिटी खबर/
कोरोना भाइरसका कारण लकडाउन सुरु भएसँगै बन्द भएका भारतका सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन् । भारतीय केन्द्रिय सरकारले बुधबार सार्वजनिक गरेको अनलक–५ गाइडलाइन अन्तर्गत अक्टुबर १५ बाट भारतमा हल खोल्नका लागि अनुमति दिइएको हो ।
यस गाइडलाइन अनुसार प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन् । यसका लागि केन्द्रिय सरकारले एसओपी सार्वजनिक गर्ने बताएको छ ।
भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिएपनि केन्द्रिय सरकारले ६ महिनापछि हल खोल्ने निर्णय गरेको हो । यसलाई भारतका प्रदर्शकहरुले स्वागत गरेका छन् । यस्तै, बलिउडका कलाकारहरुले पनि यो खबरले उत्साहित भएको उल्लेख गरेका छन् ।
भारतका केही राज्य सरकारले भने यसअघि नै हल खोल्ने अनुमति दिइसकेका छन् ।
६ महिना अघि सिनेमा हलहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरेका थिए । यता नेपालमा भने सिनेमा हल कहिले खुल्ने एकिन हुन सकिरहेको छैन । जसले गर्दा कलाकार तथा दर्शक निराश बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close