संगत गुनाको फल

 

सेलिब्रिटी खबर/
मान्छेको आनीबानी एवं स्वभाव कसरी विकास हुन्छ ? उनको लक्ष्य र उदेश्य कसरी तय हुन्छ ? उनको यात्रा र गन्तव्य कस्तो हुन्छ ? यसमा एक व्यक्ति मात्र जिम्मेवार हुँदैनन् । उनी कहाँ एवं कस्तो परिवेशमा हुर्किए, कस्ता वातावरण पाए रु कस्ता साथी–संगत बनाए ? यावत् कुराले अह्म रुपमा आउँछ ।
कुनैपनि व्यक्ति असल हुनु वा खराब हुनु, सफल हुनु वा विफल हुनु आदिमा उनले कस्ता साथीहरुको संगत गरे भन्ने कुराले पनि निर्भर गर्छ । त्यसैले त पितापूर्खाहरुले सचेत गराउँदै आए, सधै सत्यको साथ लाग्नु । असलको संगत गर्नु ।
हामी हुर्कने परिवेश र हामीले बनाउने साथीसंगतबाट हाम्रो जीवन धेरै हदसम्म निर्देशित हुन्छन् । हामीले कस्तो लक्ष्य बनायौं रु कसरी संघर्ष ग¥यौं रु कति सफलता हासिल ग¥यौं रु यी सबैको पछाडि साथी–संगतको पनि हात हुन्छ ।
त्यसैले साथी संगत छनौट गर्दा निकै सर्तकता अपनाउनु जरुरी हुन्छ । खराब साथीहरुको संगतले आफुलाई समेत बर्बाद बनाउँछ । महाभारतका पात्र दुर्योधन त्यती खराब थिएनन्, तर जब उनी मामा सकुनीको संगतमा पुगे उनी खलनायक बन्न पुगे । सकुनीको प्रभावमा उनमा खराब बानी र प्रवृत्तिको विकास भयो । नकारात्मक मान्छेहरुको संगत निकै घातक हुन्छ ।
जीवनमा नकारात्मक मानिसको संगतमा रहेको खण्डमा तपाईंको मन र मस्तिष्कमा पनि नकारात्मक विचारहरूको प्रभाव बलशाली हुन्छ । यस्तो अवस्थामा सकारात्मकता वा सुखद भविष्यको कामना गर्नु व्यर्थ हुन्छ ।
संगत गर्दा शत्रु र मित्रको पहिचान गर्न सक्नुपर्छ, सिक्नुपर्छ । महाभारतको थुप्रै प्रसंगमा को कसको मित्र र को कसको शत्रु भन्ने कुराको ठोकुवा गर्न गा¥हो छ । कतिपय मित्र त्यस्ता पनि थिए जसले ऐनमौकामा आप्mनै सेनामाथि समेत विश्वासघात गरे । शल्य एवं युयुत्सु यसका उदाहरण हुन् । भनाइ पनि छ, हितैषी सदैव तीतो बोल्छ तर चाप्लुस सदैव मीठो बोलेर आप्mनो दुनो सोझ्याउनतर्फ लाग्छ ।
कतिपय अवस्थामा हाम्रा अगाडि मित्रको भेषमा शत्रु आउँछन् र हाम्रो रहस्य थाहा पाएर जान्छन् । कतिपय साथी यस्ता पनि हुन्छन् जो दुवैतर्फ लाग्छन् । यस्ता साथीमाथि पनि आँखा चिम्लेर विश्वास गर्न सकिँदैन । कौरवका तर्फबाट लडेका भीष्म, द्रोण, शल्य आदिले अन्ततः पाण्डवहरूको पक्ष लिएका थिए । यिनीहरू कौरवका तर्फबाट लडे पनि पाण्डव पक्षकै प्रशंसा गर्थे अनि युद्ध जित्ने उपाय वा अनुभव पाण्डवहरूलाई नै सुनाउँथे ।
कौरवी सेना पाण्डवहरू सेनाका तुलनामा निकै शक्तिशाली थिए । संख्या पनि चार अक्षौहिणी बढी थियो । एक से एक योद्धा एवं ज्ञानीजन कौरवका तर्फबाट लडेका थिए । पाण्डवहरूतर्फ त्यस्ता योद्धा थिएनन् । दुर्योधनले पनि कृष्णसँग सहायता माग्ने क्रममा एक्ला कृष्णको साटो एक अक्षौहिणी नारायणी सेनालाई चुनेका थिए । अन्ततः यही कुरो कौरवका लागि घातक सिद्ध भयो । एक्ला कृष्णले आफूले हतियार नउडाईकनै पाण्डवहरूलाई जिताए ।
भनिन्छ, धेरै मानिस, धनी वा ठूला पदाधिकारी आफ्ना पक्षमा हुँदैमा युद्ध जित्न सकिँदैन । जीत उसको हुन्छ जसको पक्षमा ईश्वर, धर्म र सत्य हुन्छ । यसकारण कहिल्यै पनि सत्यको साथ छाड्नु हुँदैन । सत्यको मार्गमा कठिनाइ त हुन्छ तर त्यो सुखद नतिजा दिने खालको हुन्छ । गलत काम गरेर सम्पन्न भएका आफन्त एवं इष्टमित्र छन् भने तिनका प्रभावमा परेर आफू पनि त्यस्तै बन्छु भन्नेतर्फ लाग्नुहुँदैन । हाम्रो आँखाले वर्तमान मात्र देख्न सक्छ भविष्यमा हाम्रो दृष्टि पुग्दैन ।
इमानदार तथा विनास्वार्थ साथ दिने साथीले जीवनलाई सम्पूर्णतामा बदल्न सक्छ । पाण्डवहरूका पक्षमा श्रीकृष्ण थिए भने कौरवका पक्षमा महान् योद्धा कर्ण थिए । यी दुईले आप्mना पक्षलाई निःशर्त एवं विनास्वार्थ साथ एवं पूरापूर सहयोग दिएका थिए । कर्णलाई छलपूर्वक नमारिएको भए कौरवहरूको जीत हुनसक्थ्यो । यहाँनेर उल्लेखनीय कुरा के छ भने दुर्योभन आप्mना मित्र कर्णको कुरा सुन्नुको सट्टा मामा शकुनीको कुरा सुन्दथे । कर्ण त दुर्योधनलाई राम्रो बाटोमा लैजान चाहन्थे । उनले हरहमेशा दुर्योधनको हित हुने असल सल्लाह दिएका थिए तर उनको रायसल्लाहको कुनै महत्व हुँदैनथ्यो । जब कि पाण्डवहरू कृष्णको सल्लाहलाई आँखा चिम्लेर पालना गर्थे ।
पाण्डवहरूले सदैव श्रीकृष्णको कुरा ध्यानपूर्वक सुनेर त्यसलाई पालन पनि गरे तर दुर्योधनले भने कर्णलाई केवल एक योद्धाका रूपमा मात्र परिचालन गरे । दुर्योधनले कर्णमाथि घटोत्कच मार्नका लागि अमोघ अस्त्र चलाउने दबाब नदिएको भए उक्त अस्त्रद्वारा अर्जुन मारिन सक्थे र युद्धको नतिजा पनि अर्कै हुनसक्थ्यो ।
मित्रता गरिन्छ भने त्यसलाई निर्वाह पनि गर्नुपर्छ तर यसको अर्थ मित्रको गलत काममा साथ दिनुपर्छ भन्ने होइन । आफ्ना कुनै मित्रले नैतिक, कानुनी वा अन्य कुनै पनि हिसाबले गलत ठहरिने काम गरिरहेको थाहा भए उसलाई त्यसो नगर्न, गलत बाटोमा नहिँड्न सल्लाह दिनुपर्छ । त्यसो गर्न नमानेको खण्डमा साथीलाई नै छाड्न समेत हिच्किचाउनु हुँदैन । जसलाई हितैषी, सत्यवादी, आपतविपतमा साथ दिने, गलत बाटोमा जानबाट रोक्ने मित्रको साथ मिल्छ त्यस्ताको जीवन अवश्यमेव सुखी हुन्छ । अनि उसैको जीवन सफल पनि हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा के भने महाभारत भन्छ– इमान्दार मानिस ईश्वरको सर्वोत्कृष्ट कृति हो ।
-अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close